मेराे ब्याचलर पहिलाे बर्ष
बालमैत्रि वडा घाेषणा पनि भयाे ।मेराे ११ कलास पनि सकियाे तेति बेला सम्म पनि कलेजकै आधारमा परीक्षा दिए ,नम्बर राम्रो नै आयाे ।१२ कक्षा सुरू भयाे वडामा जाने काम बन्द भै सकेकाे थियाे ।फेरि कहाँबाट समाजकाे सेवा गर्नु पर्छे भन्ने भावना जाग्याे।
सानैदेखि समाजकाे लागि केही गर्नु पर्छे भन्ने साेच थियाे ,गाउँमा हुदा गाउँ सफा राख्नु पर्छे भनी राखिएका चाउचाउका काटुन सम्झिए , बाटाे सफा गर्नु पर्छे भनी १० बजे काे स्कुल भेटाउन ८ बजै घरबाट निस्केर बाटाेमा रहेका बनमारा गाेडेकाे सम्झिए , बालदिवसकाे दिन २/४ जना केटाकेटि बाेकि नारा लगाउदै हिडेकाे सम्झिए र यहाँ पनि केही गर्नु पर्छे भनी समाजसेवाकाे पाटाे राेजे । १२ कलास पनि समाज सेवा , किशोरी सक्षम भन्दा भन्दै बित्याे ।कलेजकै आधारमा १२सकियाे । पढेर परीक्षा दिने त बानि हराइ सकेकाे थियाे ।
कलेजमा ध्यान दिएर पढ्थे तेहि आधारमा ११ /१२ राम्रोसँग नै पास गरे ।जब ब्याचलर मा भर्ना भए उहीँ पुरानै कुरा दाेहाेरिए कहिले कहाँ कहिले कहाँ ।पहिलाे बर्षे हाे ध्यानदिए पढ्नु भनी कसैले भन्दा आज सम्म नपढेर दिएर त राम्रो नै भकाे छ तेति ४०/ ५०त कसाे नआउला भन्ने लाग्थे । यति सम्म कि परिक्षाकाे २/४ दिन अगाडि सम्म पनि ढुक्क थिए ।सबैभन्दा राम्रो लाग्ने बिषय अर्थशास्त्र ।सानैबाट दिदिहरूले पढेकाे सुन्दा नै कतिपय कुरा दिमागमा बसिसकेकाे थियाे ।९ /१०/ ११काे नतिजा हेर्दा सबैभन्दा धेरै तेहि बिषयमा नै आएकाे थिषाे । मेराे नतिजा आउदा घरमा बाबा , मम्मि ,दिदिहरू अच्चम पर्नु हुनथ्याे । पढेकाे कहिल्यै देखिएन भन्दै । हुन पनि मैले कक्षामा बाहेक परिक्षामा पनि तेति राम्रोसँग पढिन । तर अहिले महसुस भयाे कि पढाइ भन्ने कुरा कस्तो हाे भन्ने ।
जिवनमा कतिपय घटना नसाेचेका हुन्छन् ,कतिपय कुरा कल्पना गर्ने नसकिने किसिमका पनि हुन्छन् । तेहि नसाेचेकाे कुरा मेराेे ब्याचलर पहिलाे बर्षे बन्याे । पढाइ काे महत्त्व बल्ल महसुस भयाे । जिन्दगीमा पहिलाे पटक रातिकाे २;३० बजे उठेर