Connect with us
Kapilvast Forest

संस्थागत संरचनामा महिला प्रतिनिधित्व आवास्यक

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

रिता कटुवाल,काठमाण्डौं-आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उदेश्यले ११२ औं अन्तराष्ट्रिय महिला दिवस अभियानका रुपमा आज मनाइएको छ।
यसपटकको दिवसमा ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता’ भन्ने मूल राष्ट्रिय नारा रहेको छ।
महिलाहरुको सवाललाई विश्लेषण गर्ने हो भने सामाजिक संरचना, शैक्षिकस्तर, आर्थिक अवस्था र राजनैतिक तथा सामाजिक जागरण लगायतका विद्यमान अवस्थाले गर्दा लैंगिक हिंसा जस्ता समस्याहरु रहेको छ ।

महिला अधिकारका सवालमा हेर्ने हो भने नितीगत सवालहरु सम्बन्धित निकायबाट सहि ढंगले सम्बोधन हुन सकिएको छैन। समस्या समाधानका लागि संस्थागत संरचनाहरुमा महिला प्रतिनिधित्व गर्दै सम्बन्धि सबै नीति निर्माण र निर्णय प्रकृयामा महिलाहरुको प्रभावकारी सहभागिताको सुनिश्चितता हुनपर्ने अहिलेको आवश्यकता हो।
आर्थिक क्षेत्रमा महिलाहरुको लगानी , स्वामित्व र प्रतिफलमा सुनिश्चिता गर्ने खालका अवसर सहित महिलाहरुलाई रोजगारीको सुनिश्चितता र लैङ्गिक उत्तरदायी बजेट तथा कार्यक्रमहरुको ब्यबस्था सुनिश्चितता भएमात्रै विस्थापित तथा प्रभावित महिलाहरुको सामाजिक सूरक्षाको प्रत्याभुति हुन सक्छ ।
त्यस्तै गरि कार्यगत सवालहरुमा महिलाहरुको साक्षरता विकास, घरभित्रका धुवाँबाट महिला उन्मुक्ति, बालबालिकाको स्वास्थ्य र बातावरणमा परेको असरको न्युनिकरण सूरक्षाबारे सचेतना र क्षमता बिकास, महिलाको आयआर्जमा वृद्धि, महिला सम्बन्धि हुने घर देखि समाजमा हुने विभेदको अन्त्य सबै क्षेत्रमा महिलाको प्रभावकारी सहभागिताको लागि राज्यको केन्द्र देखि स्थानिय तहसम्म सबै निकायहरुको चासो र पहल अहिलेको आवश्यकता हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu