Connect with us
Kapilvast Forest

रेल्वे अध्यादेश जारी,रेल चलाउन बाटाे खुल्याे

२०७८, ८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडाै – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ काे उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटाे खुला भएकाे छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीकाे तयारी छ ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो बढेकाे छ ।

वर्षाैँदेखि बहुप्रतिक्षित रेलमा यात्रा गर्न आमनागरिक प्रतिक्षामा बसिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu