Connect with us
Kapilvast Forest

एमाले केन्द्रीय कमिटी बैठक बस्दै,ओलीले प्रतिवेदन पेश गर्ने

२०७८, ९ चैत्र बुधबारमा प्रकाशित

काठमाडाैं – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्दै छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने बताईएकाे छ ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

बैठक भोलिसम्म जारी रहने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu