Connect with us
Kapilvast Forest

जन चाहना अनुसार काम गर्न नसकेको देउवा सरकार असफल- एहेशान खान

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको विजयनगरमा बहुजन शक्ति पार्टीको पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै बहुजनशक्ति पार्टीका जिल्ला अध्यक्ष एहेसान खानले संविधानले दिएकाे अधिकार समेत कार्यान्वयन गर्न सरकार असफल बनेकाे बताए । उनले पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायकाे अधिकार स्थापित नभए ठूलाे विद्राेह हुने बताए । नेपालका राजनितिक पार्टिहरूले नेपालका दलित, जनजाति, मुस्लिम, मधेशि जनताकाे पक्षमा काम नगरेकाे बताउदै त्यसकाे विकल्पमा बहुजन शक्ति पार्टि आएकाे बताए । उनले उत्पिडित, जनजाति, आदिवासि, मुस्लिमहरूहरूले अब भोट हाल्दा सोचेर हाल्नु पर्ने बताए ।

त्यसै कार्यक्रम लाई सम्बोधन गर्दै बहुजनशक्ति पार्टीका केन्द्रीय सदस्य गौरि संकर हरिजनले अब आउने चुनावमा तराई मधेशका दलित समुदायले साेच विचार गरेर मात्रै मत दिन अपिल गरे । अब आउने निर्वाचनमा आफ्नाे समुदायकाे व्यक्ति छनाैट गर्नुपर्ने बेला आएकाे बताए ।

कार्यक्रममा बहुजन शक्तिपार्टीका लुम्बिनी प्रदेश सचिव शतिस निगमले नितिगत शाेषण अन्त्य गर्नका लागि अब जनता सचेत हुने दिन आएकाे बताए । उनले दलित तथा जनजाती, मधेशि उत्पिडितहरू शाेषित भएकाले समानताका लागि लडनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गुरु प्रसाद चौधरीले पार्टी लाई थप मजबुत बनाउनु पर्ने बताए। निर्वाचनमा सफलता लिनको लागि रणनीति योजना सहित सबैको मन जित्न सके ठूलो उपलब्धि हुन सक्ने दाबि गरे ।

त्यसै कार्यक्रम सम्बोधन गर्दै जनता समाजवादी पार्टी परित्याग गरी आएकि सिता देवि यादवले गरिब र सर्वहारा वर्गको पक्षमा बकालत तथा पैरवि गरेकाले सधैं गरिबहरुको पझमा बहुजनशक्ति पार्टी रहेको बताइन । हामि सबै बहुजन एक हौ , हामिले जबसम्म अन्य पार्टी मा दलित मधेसी समावेशी गर्छौ तब सम्म हामी आफ्नो पार्टी कार्यकर्ता लाई जिताउन सक्नौ र हामी अरु पार्टी समावेश नगरौं हामी सबै एक हौं बताए कि छन् ।

कार्यक्रममा सिता देवि यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता कार्यकर्ता बहुजनशक्ति पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा बाबुराम कोरि , बाबुराम वैधको सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य अलाउद्दीन दर्जिले राख्नु भएको थियो भने कार्यक्रम राजकुमार यादव ले संचालन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu