Connect with us
Kapilvast Forest

आईपीएलः कोलकाताले पञ्जाबलाई ६ विकेटले हरायो

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

एजेन्सी – कोलकाता नाइट राइडर्सले आईपीएल २०२२ अन्तर्गत आफ्नो तेस्रो खेलमा खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको पञ्जाबले कोलकातासामु १३८ रनको लक्ष्य दिएको थियो, जुन कोलकाताले चार विकेट गुमाएर पुरा गर्यो । कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ७० रन बनाए । उमेश यादवले चार विकेट लिए ।

कोलकाताका कप्तान श्रेयस अय्यरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे । पञ्जाबको टोलीले ठूलो स्कोर बनाउन सकेन । १८.२ ओभरमा पूरै समेटिएर कुल १३७ रन बनाउन सक्यो । कोलकाताले उक्त लक्ष्य १४.३ ओभरमा पछ्यायो । आन्द्रे रसेल र साम बिलिङ्सले पाँचौं विकेटका लागि अविजित ९० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए । कोलकाताको टोली ५१ रनमा चार विकेट गुमाएर संघर्ष गरिरहेको थियो । यसपछि दुवैले उत्कृष्ट साझेदारी बनाए । रसेलले आफ्नो पारीमा आठ छक्का र दुई चौका प्रहार गरे भने बिलिङ्सले एक चौका र एक छक्का प्रहार गरे ।

पञ्जाबका लागि राहुल चाहरले यस खेलमा उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन दिएर दुई विकेट लिए । यसमा मेडन ओभर पनि समावेश थियो । उनका अलावा ओडिअन स्मिथ र कागिसो रबाडाले एक–एक विकेट लिए । अर्शदीप सिंह, हरप्रीत ब्रार र लिभिङ्स्टनले कुनै सफलता हात पार्न सकेनन् । कोलकाताका ओपनिङ ब्याट्सम्यान यस सिजन फ्लप भएका छन् । पहिलो खेल बाहेक बाँकी दुई खेलमा ओपनिङ जोडीले खासै केही गर्न सकेनन् । यस खेलमा पनि रहाणे १२ रनमा आउट भएका थिए भने भेंकटेशले ३ रन बनाएका थिए । सोही क्रममा नितिश राणा पनि खाता नखोलेर पभिलियन फर्किए । कप्तान अय्यरले १५ बलमा २६ रन बनाए पनि ठूलो इनिङ खेल्न सकेनन् ।

उमेश यादवले कोलकाता टोलीलाई फेरि उत्कृष्ट सुरुवात गराए । उनले लगातार तेस्रो खेलमा पहिलो ओभरमै विकेट लिए । उनले कप्तान मयांक अग्रवाललाई पभिलियन पठाए । यसपछि उनले मध्य ओभरमा पनि विकेट लिए भने २३ रन दिएर चार विकेट लिएर आफ्नो आईपीएल करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनी बाहेक टिम साउथीले २ विकेट लिए । शिवम मावी, सुनिल नारायण र आन्द्रे रसेलले एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ रोजेको पञ्जाबको सुरुवात खासै रहेन । कप्तान पहिलो ओभरमै पभिलियन फर्किएका थिए । त्यसपछि भानुका राजपाक्षेले उत्कृष्ट ब्याटिङ गर्दै ९ बलमा ३१ रन बनाए । उनको इनिङ्समा तीन चौका र तीन छक्का सामेल थिए। राजापाक्षेको इनिङ्सका कारण पञ्जाबले पावरप्लेमा ६२ रन बनाएको थियो । अन्त्यमा रबाडाले सानदार रन बनाएर आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए ।

राजापाक्षे आउट भएपछि पञ्जाब टोलीले नियमित अन्तरालमा विकेट गुमाउने क्रम जारी राखेको थियो । शिखर धवन १६, लिभिङ्स्टन १९ र राज बावाले ११ रन बनाएर आउट भए । शाहरुख खानले खाता पनि खोल्न सकेनन् । अन्तमा कागिसो रबाडाले १६ बलमा २५ रन बनाएर आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए । तर, पञ्जाबको टोलीले यस खेलमा पूरा २० ओभर पनि खेल्न सकेन र १८.२ ओभरमा १३७ रन बनाएर आउट भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu