Connect with us
Kapilvast Forest

सडक पूर्वाधारमा केही नयाँ योजना

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं- आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि सुरुङमार्ग निर्माण, चार लेनमा राजमार्ग विस्तारदेखि रेल/मेट्रो रेलसम्मका योजनाले निरन्तरता पाएका छन् । सरकारले सडक पूर्वाधारका अधिकांश योजनालाई निरन्तरता दिँदै केही नयाँ योजना घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष (आव) २०७९/८० को नीति तथा कार्यक्रममा नयाँ स्थानमा सुरुङमार्ग बनाउने, कार्गाे रेल, पूर्वाधार निर्माणलाई वन्यजन्तुमैत्री बनाउन आवश्यक समन्वय गरिनेलगायत नयाँ बुँदा छन् । सडक विभागले विभिन्न राजमार्गका करीब २ दर्जन सडकमा सुरुङमार्ग बनाउन अध्ययन गरेको छ । यसमध्ये नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ भने सिद्धबाबा सुरुङमार्गको ठेक्का लागेको छ । यीबाहेक तीनओटा राजमार्ग– त्रिभुवन, पृथ्वी र पूर्व–पश्चिममा सुरुङमार्ग निर्माणको पूर्वतयारी गर्ने घोषणा सरकारले गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको दाउन्ने र पृथ्वी राजमार्गको माझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्गको पूर्वतयारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनको एशियन हाइवेको स्तरमा स्तरोन्नति गर्ने भनिएको छ । यसअन्तर्गत बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिने घोषणा छ ।

यसैगरी राष्ट्रिय राजमार्ग र तराई–मधेशका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा चार लेनमा स्तरोन्नति गरिनेछ । हुम्लालाई आगामी वर्ष राष्ट्रिय सडक सञ्जालमा जोड्ने योजना छ । भारतीय सीमानजिकका प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडकलाई स्तरोन्नति गर्ने भनिएको छ ।

नीति तथा कार्यक्रममा त्रिभुवन राजमार्गमा सुरुङमार्ग, फ्लाईओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार र स्थानीय सडकका पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ । विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गाे रेल सञ्चालन गर्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विकासको पूर्वतयारी गर्ने भनिएको छ ।

लामो समयदेखि चर्चामा रहेको रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज–काठमाडौं रेलमार्ग तथा काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययनले पनि निरन्तरता पाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu