Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पहिरोमा परि बेपत्ता भएका दुई मध्ये एक जनाको शव फेला

२०७९, ६ असार सोमबारमा प्रकाशित

तस्विर :प्रतिनिधिमुलक

कपिलवस्तु-अवरिल बर्षासंगै आएको पहिरोले पुरिएर बेपत्ता भएका दुई जना भारतीय नागरिक मध्ये एक जनाको शव फेला परेको छ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ पैरा खोलामा सोमबार विहान दुई जना भारतीय नागरिक पहिरोमा परि बेपत्ता भएका थिए ।

प्यूठानको स्वर्गद्धारी मन्दीर दर्शन गरि फर्कदै गर्दा भारतको बालरामपुर बस्ने १७ बर्षीय निखिल कौसल र सोही ठाउँका सुरज सोनी पैरा खोलाको पहिरोमा पुरिएका थिए ।आफु सवार गाडी पहिरो खसेको ठाउँमा रोकिए पछि दुबै जना बाटो पार गर्न खोस्दा पहिरोसंगै माथिबाट आएको बाढीमा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

पहिरोमा परेर हराएका मध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अर्का एक जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तराईको जिल्ला कपिलवस्तुको पश्चिम क्षेत्रको केहीँ भाग पहाडी क्षेत्र पर्छ । पूर्व पश्चिम राजमार्गमा पर्ने उक्त क्षेत्र बर्खामा जोखिमपूर्ण मानिन्छ । दाङसंग सीमा जोडिएको यो क्षेत्र कपिलवस्तु, दाङ र अर्घाखाँचीको पहाडी क्षेत्र हो । मानिसको बसोबास भने राजमार्ग आसपासमा नगन्य रहे पनि अन्यत्र छैन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu