Connect with us
Kapilvast Forest

सप्तरीका चार पालिकाले गर्न सकेनन् सभा

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

कल्याणपुर- सप्तरीका चार पालिकाले नगरसभा गर्न सकेका छैनन्। १८ वटा स्थानीय तहमध्ये १२ वटाले असार १० गते नै नगरसभा सम्पन्न गरिसके भने दुई पालिकाले भर्खरै सभा सम्पन्न गरेका छन्। चार पालिकाले भने अझै सभा गर्न नसकेका हुन्।

सप्तरीको हनुमाननगर कङ्कालिनी, बोदेवरसाइन, सप्तकोसी नगरपालिका र विष्णुपुर गाउँपालिकाको सभा हुन नसकेको हो। महदेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले असारको तेस्रो साता गाउँसभा गरेका थिए।

स्थानीय सरकार सञ्चालन ऐनले तोकेको समयमा चार पालिकाले नगर र गाउँसभा गर्न नसकेका हुन्। सभा गर्न नसक्दा ती पालिकाको नीति तथा कार्यक्रम र बजेट अनिश्चित भएको छ।

जनप्रतिनिधिबीच स्रोत बाँडफाँटमा तालमेल नहुनु, बहुमत अल्पमतको झन्झट, कर्मचारी अभावमा चार पालिकाको नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो। स्थानीय तहले असारको १० गतेभित्र सभा सम्पन्न गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने हुन्छ।

बोदेवरसाइन नगरपालिकामा पनि जनप्रतिनिधिबीच तालमेल नमिल्दा नगरसभा हुन नसकेको हो। नगर प्रमुखले जनप्रतिनिधि र कर्मचारीलाई आफू अनुकुल पहिलाकै जस्तै चलाउन खोजेको तर अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले समावेशी तरिकाबाट जानुपर्नै अडान लिएपछि नगरप्रमुख र अधिकृतले नगरसभामा आलटाल गरेको वडा नम्बर २ का वडाध्यक्ष रामप्रसाद रामले जानकारी दिनुभयो। तर, नगरप्रमुख आतेशकुमारसिंह यादवले चाँडै बजेट ल्याउने बताउनुभयो।

हनुमाननगर कंकालिनीमा असार १० भित्रै नगरसभा गर्ने तयारी भए पनि जनप्रतिनिधिबीच तनाव हुँदा नगरसभा रोकिएको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो।

नगरपालिकामा उपप्रमुख सरिता सिपलिया यादवसहित बहुमत कार्यपालिका सदस्य जनता समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको हो । नगरपालिकामा पार्टीगत तालमेल नहुँदा नगरसभा हुन नसकेको हो। नगरप्रमुख माझीले केही दिनभित्रै नगरसभा गर्ने तयारी गरेको बताउनुभएको छ।

यसैगरी, सप्तकोसी नगरपालिकामा नगरसभा सुरु गरिए पनि नीति तथा कार्यक्रम र बजेट पारित हुनसकेको छैन। प्रमुख प्रशासकीय अधिकृतको सरुवा कारण जिल्लाको विष्णुपुर गाउँपालिकाको गाउँसभा हुन नसकेको बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu