Connect with us
Kapilvast Forest

मलामी बोकेको ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

सङ्खुवासभा- खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन्। शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोला गइरहेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन। दुर्घटनाका घाइतेलाई तुम्लिङटारस्थित कामना अस्पताल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ। ट्याक्टरमा ४४ जना भन्दा बढी सवार रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu