Connect with us
Kapilvast Forest

प्याब्सन काठमाडौ महानगरले यू-१६ फुटसल प्रतियोगिता गर्ने, मंगलबारसम्म टिम दर्ता

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

काठमाडौ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौ महानगर कमिटीको आयोजनामा फुटसल प्रगियोगिता हुने भएको छ ।

महानगर कमिटीको आयोजनामा इन्टर स्कुल अन्डर-१६ फुटसल प्रतियोगिता साउन १५ देखि २० गतेसम्म हुने भएको छ ।

दोेस्रो प्याब्सन काठमाडौ मेट्रो कप काठमाडौ भत्केकोपुल स्थित धन्यन्तरी फुटसल एरिनामा हुने प्याब्सन महानगर कमिटीका सह-कोषाध्यक्ष तथा प्रचार बिभाग प्रमुख निर्मल पौडेलले बताउनुभयो ।

५ दिनसम्म चल्ने फुटसल प्रतियोगितामा काठमाडौंका १ सय भन्दा बढि टिम सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितमा सहभागी हुन चाहने टिमले मंगलबार सम्म आफनो टिम दर्ता गराइसकेको हुनु पर्नेछ । टिम दर्ताको लागि ५ हजार लाग्नेछ ।

विजेता टिमले १० हजार प्राप्त गर्ने छ भने पहिलो रनरअपले ६ हजार र रनरअपले ५ हजार प्राप्त गर्ने छन । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu