Connect with us
Kapilvast Forest

माल्दिभ्सलाई ४-० ले हराउँदै नेपालको सानदार सुरुवात

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ — नेपालले साफ यू-२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेको छ ।

भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४–० ले हराएको हो ।

नेपालले पहिलो हाफकाे ४२ मिनेटमा दिपेश गुरुङको गोलले गाे गरेपछि अग्रता लिएको थियो ।

खेलको ५८ औं मिनेटमा सुगम सुवालले दोस्रो गोल गरे , तेस्रो गोल भने कृतिशरत्न छुन्जुले पेनाल्टीबाट ६२ औं मिनेटमा गरेका थिए ।

चौथो गोल भने मनग्य नकर्मी गरे । उनले इन्ज्युरी समयमा गोल गरेका थिए । राउन्ड रोबिनको आधारमा चल्ने प्रतियोगितामा नेपालले अब बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।

यो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवन्त बनेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu