Connect with us
Kapilvast Forest

कर्णाली कोरिडोर : बन्द

२०७९, १५ श्रावण आईतवारमा प्रकाशित

कालीकोट- हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द छ । दैनिकजसो पानी परेपछि भर्खरै खुला गरिएको ट्र्याक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन सकेको छैन ।

ट्रकचालक महावीर खड्काका अनुसार कोरिडोरको लाफा सडकखण्ड आइतबारदेखि बन्द भएको छ । सडकमा गाडी फसेको अवस्था छ । फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन् । हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्काले जानकारी दिनुभयो ।

पचालझरना गाउँपालिका–८ मा पर्ने सो क्षेत्रमा सडकमै पानीको मूल फुट्ने भएकोले दैनिकजसो हिलो बगिरहन्छ । त्यही हिलोमा सामानले भरिएका गाडी सञ्चालन हुन नसकेर हप्ता दिनदेखि यातायात ठप्प भएका छन् ।

पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले पनि खुला गर्न पहल नलिएको बताउनुभयो । उहाँले भन्नुभयो न सरकार देखियो न सडक विभाग । हप्ता दिनसम्म सडक बन्द हुँदा खुलाउन कसैले चासो दिएनन् ।

सडक खुला गर्ने विषयमा स्थानीय प्रशासन पनि मौन भएपछि समस्या झन् बढेको उहाँको भनाइ छ । सडक भए पनि सर्वसाधारण पैदल यात्रा गरिरहेका छन् । कोरिडोरको कालीकोट खण्ड ४२ किलोमिटर छ ।

त्योमध्ये छ ठाउँमा सडकको नामनिसाना छैन, हिलोका साथै फुगाडमा पुल नभएकाले पानी बढेपछि गाडी तार्न सकिएको छैन । कोरिडोरमा नाला र खोलामा पुल नभएका कारण बर्सेनि दुःख भएको स्थानीयवासी बताउँछन् ।

जहाँ सजिलो माटो छ त्यहाँ एक्साभेटरले खनेर सडक चौडा गरिरहेका छन् तर जोखिम क्षेत्रमा हिउँदमा काम गर्ने भन्दै बाँकी छोडेका कारणले पनि समस्या भएको गुनासो स्थानीयवासीको भनाई छ ।

यता कर्णाली लोकमार्ग पनि दैनिक अवरोध भइरहेको छ । पानी पर्दा बन्द हुने गरेको छ । गत वर्षभन्दा यो वर्ष भने अलि कम समय अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu