Connect with us
Kapilvast Forest

आर्सनलको विजयी सुरुवात

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–० गोलले हराएको थियो ।

क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले गोल गर्नुभयो । अर्को गोल आर्सनलले विपक्षी मार्क गुएहिबाट आत्मघाती उपहार पाएको हो । ग्याब्रिएलले २०औं मिनेटमा खाता खोल्नुभएको हो ।

८५औं मिनेटमा बलब चाउने क्रममा गुएहिको प्रहार आफ्नै पोस्टमा छिरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो । सिजनको पहिलो जितसँगै आर्सनलले तीन अङ्क बनाएको छ । क्रिस्टलले हारबाट सिजनको सुरुवात गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu