Connect with us
Kapilvast Forest

सिटीको विजयी सुरुवात

२०७९, २३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- डेब्यु खेलमै युवा स्टार एर्लिङ हालान्ड चम्किएपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा सिटीले आइतबार राति वेस्ट हाम युनाइटेडलाई २-० गोलले हरायो हो ।

सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले गर्नुभयो । हालान्डले ३६औं र ६५औं मिनेटमा गोल गर्नु भएको थियो । यसै सिजन सिटीमा अनुबन्ध हुनुभएका हालान्डको यो प्रिमियर लिग डेब्यु गोल हो । नर्वेमा युवा स्टार उहाँ यसै सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा अनुबन्ध हुनुभएको छ ।

सिजनको पहिलो जितसँगै सिटीले तीन अङ्क बनाएको छ । वेस्ट हामले हारबाट सिजनको सुरुवात गरेको छ । अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराएको छ । लेस्टर सिटीले ब्रेन्टफर्डसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu