Connect with us
Kapilvast Forest

बार्सिलोना र रियल विजयी

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा शीर्षटोली बार्सिलोना र रियल म्याड्रिडले जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोलले हरायो । अर्को खेलमा दोस्रो स्थानमा आसिन रियलले एथ्लेटिक बिल्बाओलाई २-० गोलले स्तब्ध बनायो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गर्नुभयो । पेड्रीले ३५औं मिनेटमा राफिन्हाको पासमा गरेको गोल बार्सिलोनाको जितमा प्रयाप्त बनेको थियो । जितसँगै शीर्षटोली बार्सिलोनाले १७ खेलबाट ४४ अंक बनाएको छ । पराजित गेटाफे १७ अङ्कसहित १६औं स्थानमा छ ।

यसैगरी रियलको सहज जितमा करिम बेन्जेमा र टोनी क्रुसले गोल गर्नुभयो । बेन्जेमाले २४औं मिनेटमा खाता खोल्नुभएको थियो ।त्यसपछि क्रुसले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu