Connect with us
Kapilvast Forest

अल नासरका लागि रोनाल्डोको डेब्यु

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छन् । आइतबार साउदी प्रो लिगअन्तर्गत एतिफाकविरुद्धको खेलमा रोनाल्डोले अल नासरका लागि डेब्यु गरेका हुन् ।

अल नासरले एतिफाकलाई १-० ले पराजित गरेको खेलमा रोनाल्डोले पूरा समय मैदानमा बिताए । उक्त खेलमा अल नासरलाई जित दिलाउन ब्राजिलियन खेलाडी तालिस्काले गोल गरे ।

जितपछि अल नासर १४ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा छ । १६ खेल खेलेको अल हिलाल ३१ अंकसहित दोस्रो स्थानमा छ । ३७ वर्षीय रोनाल्डोले गत महिना साउदी क्लबमा अनुबन्ध भएका थिए ।

यसअघि रोनाल्डोले अल नासर र अल हिलालका खेलाडी सम्मिमित रियाद अल स्टार एघारको कप्तानी गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनविरुद्ध मंगलबार खेलेका थिए । पेरिस सेन्ट जर्मेइनले उक्त खेल ५-४ ले जितेको थियो । जहाँ रोनाल्डो २ गोल गर्दै म्यान अफ दि म्याच बनेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu