Connect with us
Kapilvast Forest

आर्सनलको रोमाञ्चक जित

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडमाथि ३–२ गोलको पुनरागमन जित निकालेको छ ।

आर्सनलको जितमा इडवार्ड एनकेटिहले दुई तथा बुकायो साकाले एक गोल गर्नुभयो । युनाइटेडका मार्कुस रासफोर्ड र लिसान्द्रो मार्टिनेजले गोल सान्त्वना बन्यो । १७औँ मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको उत्साह जगाउनुभयो । २४औँ मिनेटमा आर्सनलका इडवार्ड एनकेटिहले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

५३औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अगाडि बढाउनुभयो । ५९औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयमा एनकेटिहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई रोचक जित दिलाउनुभयो । जितसँगै शीर्षस्थानमा यथावत् रहेको आर्सनलले १९ खेलबाट ५० अङ्क बनाएको छ ।

एक खेल बढी खेलेको पराजित युनाइटेड ३९ अङ्कसहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४५ अङ्क पुगेको छ । आइतबार राति नै भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ३-० गोलले हराएको थियो । सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गर्नुभयो । अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu