Connect with us
Kapilvast Forest

शिवराज खेलकुद महोत्सव प्रती युवाहरु असन्तृष्ट

२०७९, १८ माघ बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल –
कपिलवस्तुको शिवराज नगरपालिकामा आज देखी सुरु भएको शिवराज खेलकुद महोत्सव प्रति स्थानिय युवाहरु असन्तुष्ट भएका छन । विगतमा भएको खेल महोत्सवमा युवाहरुसगं सुझाव सल्लाह गरी सबैको सहभागीतामा खेल हुदै आए पनि यस बर्ष आफुहरुलाई खेलमा नसमेटिएको स्थानिय युवा रमेश खाती क्षेत्रीले बताउनुभयो ।

अहिलेको खेल कुद विकास समितिले सबै युवाहरुलाई समेटन नसकेको रामेशले आरोप लगाउनु भयो । खेलमा सबैलाई समावेश गरे खेल प्रती सबैको अपनत्व हुन्छ भन्दै केही आपनो आसेपासे युवाहरुलाई मात्र समेटेको गणेश जिसीले रुष्टता व्यक्त गर्नुभयो ।

खेलमा कुनै एक गाँउ, एक दलका मात्र युवाहरु समेटीएकोले आफुहरु खेल आयोजक प्रती पुर्ण असन्तुष्ट भएको युवाहरु भारत विष्ट, निश्चल कार्की, मनिष बन्जाडे लगायतका अधिकाँस युवाहरु असन्तुष्टि पोखेका छन । आज माघ १८ गते देखि सुरु भएको खेल महोत्सव माघ २९ गते सम्म चल्ने छ ।
खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विदाका खेलहरु समावेश गरि आजबाट खेलको उदघाटन समारोह सुरु भएको छ ।

प्रतियोगीतमा करिव १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले वताउनुभएको छ । राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड , हाईजम्प , लङजम्प , मेयर कप तर्फ पुरुष फुटवल , भलिवल , क्रिकेट र व्याडमीन तथा उपमेयरकप तर्फ महिला फुटवल , भलिवल , क्रिकेट र करांते प्रतियोगीता समावेश गरिएको छ ।

करिव २१ लाखको लगानीमा भैइरहेको प्रतियोगीतामा मेयर कपको विजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu