Connect with us
Kapilvast Forest

राष्ट्रपती रनिङ शिल्डको उपाधी दुधाधारीलाई

२०७९, १८ माघ बुधबारमा प्रकाशित

कृष्ण पौडेल-  कपिलवस्तु  विजयनगर स्थित शंकरपुर खेलमैदानमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा दुधाधारी नमुना मावि प्रथम भएको छ । प्रतियोगितामा कुल १४ स्वर्ण, ७ कास्य र १ रजत पदक जित्दै प्रथम हुन सफल भएको छ ।

प्रतियोगितामा ५ स्वर्ण, ४ कास्य र २ रजत पदक जित्दै जनजागृति मा वि लोहोरौला दोस्रो भएको छ । भुवनेश्वरी मावि जगदिशपुर ४ स्वर्ण, ३ कास्य र ७ रजत पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

विजयनगर गाउँपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको समन्वयमा शंकरपुर खेलमैदानमा गाउँ पालिका भित्रका ६ वटा विद्यालयका खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेको जिल्ला खेलकुद विकास समितिका सचिव मिन पसाद पोखरेलले बताए । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए ।

खेलाडीहरुलाई शुभकामना दिदै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफुहरु लोगको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको थापाले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu