Connect with us
Kapilvast Forest

टेलिकमको सेवा अवरुद्ध घटना : मर्मतमा गम्भीर लापरबाहीको परिणाम

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाल टेलिकमले आफ्नो प्रणालीहरुको मर्मतसम्भार र स्तरीकरणमा गम्भीर लापरबाही गर्ने गरेको भेटिएको छ । गत ३ माघको मध्यान्ह १२ बजेदेखि नेपाल लिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भएपछि त्यसबारे अध्ययन गर्न बनेको छानबिन समितिले टेलिकमले परिणामको आकलनसमेत नगरी अनुपयुक्त समयमा मर्मतका काम गर्ने गरेको भेटएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरब गिरीको नेतृत्वमा बनेको छानबिन समितिले टेलिकम आफ्नो सेवा अवरुद्ध हुनसक्ने कुरामा सचेत नरहेको निष्कर्ष निकालेको छ ।

समितिका एक सदस्यका अनुसार ३ माघमा अत्यधिक भ्वाइस ट्राफिक हुने पिक टाइम अर्थात् धेरै फोन कल एसएमएस र डाटा प्रयोग हुने समयमै टेलिकमले आफ्नो बिलिङ प्रणालीमा मर्मतको काम गरेको पाइएको छ । सम्भावित परिणाम समेत आकलन नगरी मर्मतको काम गर्दा तत्कालै सेवा सुचारु समेत हुन नसेकेको ती सदस्यले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu