Connect with us
Kapilvast Forest

हात्तीपाइलेको औषधि खुवाइँदै

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

पर्वत- पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिनुभयो।

२०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको थियो। स्वास्थ्य कार्यालयको फितलो अनुगमन र स्वास्थ्यकर्मीको लापरबाहीका कारण पर्वतमा अभियान सुरु भएको १३ वर्षसम्म हात्तीपाइले रोगको निवारण हुनसकेको छैन। १३औँ चरणमा पनि प्रभावकारी नभएपछि यस वर्ष १४औँ चरणमा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइने भएको छ।

औषधि लिएर गएका स्वास्थ्यकर्मीले हातहातमा औषधि लिने तर खाए/नखाएको अनुगमन नहुँदा अभियान प्रभावकारी हुन नसकेको गुनासो आएको छ। सामान्यतः तीनदेखि पाँच चरणसम्म नियमित अभियान चलाएर निवारण गर्ने गरिएको भए पनि पर्वतमा भने १३ पटकसम्म खुवाउँदासमेत प्रभावहीन भएको हो।

हात्तीपाइले अभियानका सम्पर्क व्यक्ति तेजप्रसाद सुवेदीका अनुसार हात्तीपाइले रोगको पूर्व परीक्षणमा ०.४ प्रतिशत जनसङ्ख्यामा यस रोगको जीवाणु देखिएको हुनाले यस वर्ष अन्तिम चरणमा आम औषधि खुवाउन लागिएको हो।

गत मङ्सिरमा यस जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका–१ पाङमा ३२० जनाको नमुना परीक्षण गरिएकोमा एक जनामा हात्तीपाइलेको जीवाणु भेटिएको थियो। बिहादी गाउँपालिका–२ बर्राचौरमा ३१९ जनाको परीक्षण गरिएकोमा एक जनामा जीवाणु भेटिएको सुवेदीले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu