Connect with us
Kapilvast Forest

साफ च्याम्पियनसिप भारतमा आयोजना हुने

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौ- दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा आयोजना हुने तय भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

भारतमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने अझै तय भएको छैन । आगामी मार्च १० मा आयोजना स्थल तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu