Connect with us
Kapilvast Forest

वित्तीय संस्थाको ज्यादतीविरुद्ध नेकपाको प्रदर्शन

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु ः बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आज पश्चिम कपिलवस्तु को चन्द्रौटा बजारमा प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो देशभर प्रदर्शन गरेको जनाएको छ ।

कपिलवस्तु पश्चिम लुम्बिनी ब्युरो अन्तरगत कपिलवस्तुको चन्द्रौटामा वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर्न, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाहा गर लगायतका नारासहित प्रदर्शन गरेको नेकपाका केन्दीय सदस्य हेमन्त सीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो पार्टीको पहिलो योजना हो यसलाई कार्यनय भएन भने थप पार्टीले संधर्ष गर्छाै । ‘एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, ।

कपिलवस्तु पश्चिम जिल्ला नम्बर दुईले कपिलवस्तु को चन्द्रौटा बजारमा यो पहिलो संगर्षको कार्यक्रम हो उनको भनाई छ । बैंकहरुको चर्को व्याज, सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण विरुद्धमा नेकपाले देशभर प्रदर्शन गर्न लागेको हो ।

पश्चिम लुम्बिनी ब्युरो इचार्ज नेपाल कम्युनिस्ट पार्टीका पि बि एम संजिव सीले नेपाल दलाल हरुको भुमन्डलीकृत रहेको बताउनुभयो । देशमा भएको यो चर्को मूल्य बिर्दिले र लघु बित्तिय संस्था का कारण दैनिक आफ्नो अमूल्य ज्यान गुमाएको बताउनुभयो ।

पश्चिम जिल्ला सचिव पाबेल सीले जनताको माग पूरा नगरेमा थप कडाईका साथ अन्दोलन गर्ने बताउनुभयो । बिरोध प्रदशनको कार्यक्रममा नेकपा केन्द्रीय साँस्कृतिक परिवारको बिजोर प्ररस्तुती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu