Connect with us
Kapilvast Forest

रकम नभएको चेक दिएर झुक्याउने कृष्ण पक्राउ

२०७९, १९ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएका कृष्णबहादुर गुरूङ पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।

गोरखा आरुघाट गाउँपालिका-५ घर भईं काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय गुरूङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएका थिए ।

उच्च अदालत, पाटनको २४ माघ २०७९ माघमा बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसल सुनाएको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएका उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu