Connect with us
Kapilvast Forest

तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

बुटवल- चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ ।

दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ । चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब ७ गते मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu