Connect with us
Kapilvast Forest

चैती छठ पर्व सुरु

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

जलेश्वर- महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी धनुषा सिरहा सप्तरी सुनसरी मोरङ सर्लाही रौतहट बारा पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

छठ पर्व महोत्तरीको जलेश्वर मटिहानी सुगा गौशाला पिपरा सम्सी बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्री रातो मरहा जङ्गहा अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu