Connect with us
Kapilvast Forest

उपाधिका लागि मनाङ मर्स्याङ्दी र थ्रीस्टार आज भिड्दै

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् । धनगढीस्थित क्षेत्रीय रङ्गशालामा अपराह्न ४ बजे फाइनल खेल आयोजना हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले बताएको छ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । उपाधि भिडन्तमा पुगेको दुवै टोली ए डिभिजन लिग खेल्ने क्लब हुन् । मनाङले केही दिन अगाडि मात्रै तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । गोल्डकपको उपाधि जितको शृङ्खलालाई निरन्तरता दिने गरी सो टोली फाइनलमा उत्रनेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu