Connect with us
Kapilvast Forest

कपिलवस्तुका खोलमा ठेकेदारको मनपरी, अबैध रुपमा जेसीबी प्रयोग

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाउँपालिकाका क्षेत्र अन्तरगत पर्ने विसहवा खोला, गंगटे खोला, चिरई खोला र सुक्खा खोलामा ठेकेदारले अबैध रुपमा जेसीबी प्रयोग गरेको पाइएको छ ।
ठेकेदार पक्षले मापदण्ड विपरीत जेसीबी प्रयोग गरी नदीजन्य पदार्थ निकासी गरेको पाइएको हो । ठेकेदरले मनपरी गर्दा सम्बन्धित निकाय मुकदर्शक बनेको छ । दिनदहाडै खोलामा हेबी मेसिनरी औजार प्रयोग हुँदा समेत पालिका, प्रशासन र प्रहरी तथा बन कार्यालय मौन बसेको छ ।

एन.बी. कन्ट्रक्शन शिवराज र विभू निर्माण सेवाले विसशवा खोला, सैँबु निर्माण कम्पनी ललितपुरले गंगटे खोला, शिवगढी एन.आइ.पी निर्माण सेवा, देवीचौर ललितपुरले चिरई खोला र लामा–गोल्डेन–शिवशक्ति जेभी महाराजगञ्ज काठमाडौँले सुक्खा खोलामा अबैध रुपमा जेसीबी प्रयोग गरको पाइएको छ ।

यस्तै चिरई खोलामा नजिकै उत्खनन् गरेर खोला छेउमै घाटघद्दीसमेत गरेको पाइएको छ । नदीजन्य पदार्थ निकासीका लागि विभिन्न मापदण्ड मिचेर ठेकेदारले दादागिरी शैलीमा नदी दोहन गरिरहेका छन् । सूचना पार्टी अनिवार्य भए पनि ठेक्का भएका ४ ओटै खोलामा सूचना पार्टी नराखी धमाधम अवैद्य नियम विपरीत कार्यमा ठेकेदारहरु संलग्न भएका छन् ।

ठेकेदारहरुले अबैध रुपमा जङ्गलमा नै डम्पिङ समेत गरेका छन् । विसहवा खोला र सुक्खा खोलाको नदीजन्य पदार्थको ढुवानी गर्दा जङ्गलसमेत मासिएको पाइएको छ । जङ्गलमा भएका बोट बिरुवा मासेर गाडी बाटोमा परिणत गरेका छन् ।

यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोमाराम रिजालले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई कारवाही गर्ने बताउनुभयो । रिजालले ठेकेदारले सम्झौता, नियम विपरीत नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन, व्यवस्थापन गरेको पाइएका जिल्ला समन्य अनुगमन समिति लगायत गाउँपालिकाको टीमले कारवाही गर्ने जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu