Connect with us
Kapilvast Forest

दलितले छोएको भन्दै भतेर घोप्ट्याइयो

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

पोखरा — व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्सा बनाएर जातीय विभेद गरेको आरोपमा कास्कीको माछापुच्छ्रे–५ रिभानका सन्तोष परियार र सुजन लामिछाने पक्राउ परेका छन् । आरोपित जनप्रतिनिधि वडासदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछाने फरार छन् ।

आफन्तको व्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका नारायण परियार फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए । सन्तोष परियारका दुई छोरा साहिल र समीरलाई दानदक्षिणा गरेर उनी भतेरतिर लम्किए । भान्सामा खटिएकी स्थानीय सरिता लामिछानेले थर सोधेपछि उनले आफू परियार भएको बताए । दमाई हरूका लागि छुट्टै भान्सा भएको भन्दै लामिछानेले उनलाई २० मिटर परै रोकिन् ।

नारायण छुट्टाछुट्टै भान्सा हुनु गलत रहेको बताएर भतेरतिर अघि बढे । त्यतिबेलै वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्ट्याइदिए । स्थानीय सुजन लामिछाने दमाईहरू बाहुनको भान्सामा आउने  भन्दै बम्किए । अहिलेको जमानामा छुवाछूत हुनु हुँदैन भन्दा वडासदस्यले नै दलितहरू ठूलो पल्टिन्छौं भनेर भान्सा घोप्ट्याउनुभयो,’ परियारले भने झ्न आफन्त पनि गैरदलिततिर लागेर मलाई नै गाली गर्न थालेपछि अपमानित भएको महसुस गरेँ ।

घटना त्यत्तिकैमा रोकिएन । बेलुका सन्तोष परियारले नारायणलाई फोन गरेर उनले भान्सा छोइदिएकाले सबै पाकेको खाना फाल्नुपर्दाको घाटा बेहोर्न भने । नारायणका अनुसार सन्तोषले आफ्नो १ लाख ५० हजार रुपैयाँ खेर गएको पाहुनाको पनि अपमान भएको र व्रतबन्ध नै विफल भएकाले खर्च बेहोर्न भनेका थिए । आफ्नो कुलकुटुम्बबाट निकालेको र कुल मन्दिरमा पनि प्रवेश गर्न नदिने धम्की सन्तोषले फोनमा दिए ।

दलित र गैरदलितको छुट्टाछुट्टै भान्सा व्यवस्था गरेर छोइछिटो भन्दै खाना फालेर जातीय विभेद गरेको भन्दै नारायणले सन्तोष परियार जनप्रतिनिधि रामजी लामिछाने स्थानीय सरिता लामिछाने र सुजन लामिछानेविरुद्ध चैत ६ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए ।

प्रहरीले सन्तोष र सुजनलाई पक्राउ गरी थुनामा राखेको छ । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्तिसमेत भराउन नारायणले माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu