Connect with us
Kapilvast Forest

मिटरब्याज पीडितका माग चाँडै सम्बाेधन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

काठमाडाैँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान बत्ताउनुभएको छ । स्वास्थ्य अवस्थाबारे जानकारी लिन अनामनगरस्थित मिटरब्याज पीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो पहिला कार्यान्वयन नभएकाले या समस्या भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान लागेका हौँ अब कार्यान्वयन हुन्छ, आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ ।

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य उपचारको लागि पहल लिनुभएको थियो । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजपीडितहरू बिरामी परेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu