Connect with us
Kapilvast Forest

कांग्रेस बैठक आज

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। सहमहामन्त्री जीवन परियारका अनुसार बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बारा क्षेत्र नं. दुईको उपनिर्वाचन सरकारमा पार्टीको सहभागीसहित समसामयिक विषयमा छलफल हुनेछ।

यसैबीच कांग्रेसले शनिबार चितवनको रामपुर कृषि क्याम्पसमा स्ववियु निर्वाचन गराएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुख विद्यार्थी सङ्गठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी सङ्गठनसँगको कुनै समन्वयबिना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएकोप्रति ध्यानाकर्षण भएको जानकारी दिनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu