Connect with us
Kapilvast Forest

कारबाही फुकुवा भएपछि विकास कोइरालाले भने- पार्टीले ढिला न्याय दियो

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

चितवन- झण्डैं १० वर्ष पार्टीको कारबाहीमा परेका कांग्रेस चितवन पूर्वजिल्ला सभापति विकास कोइरालालाई आइतवार आज मात्रै कांग्रेस कार्य सम्पादन समितिले कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो ।

कांग्रेस चितवन भित्र बलियो पकड रहेका नेता कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा चितवनका तत्कालिन क्षेत्र नं. ४ बाट पार्टी केन्द्रीय सभापति सुशील कोइरालाकाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए ।

कारबाही फुकुवाको माग गर्दै आएका कोइरालाले फुकुवा भएको खबर सामाजिक सञ्जाल र समाचारहरुबाट थाहा पाएको जनाए । यसलाई सकारात्मक रुपमा लिएको नेता कोइरालाको भनाईं छ । आफ्नो निरन्तरको खबरदारी पार्टी नेता कार्यकर्ताहरुको दवावमा परेर मात्रै निर्वाचनको मुखमा कारबाही फुकुवा भएको नेता कोइरालाले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu