Connect with us
Kapilvast Forest

आत्मदाह गर्ने आचार्य परिवारलाई आर्थिक सहयोग

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

पशुपतिनगर इलाम संघीय संसद भवन अगाडि आत्मदाह गर्नुभएका स्वर्गीय प्रेमप्रसाद आचार्यका दुई छोरीको पढाइ खर्चका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले संकलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।

उक्त रकम आराध्या र आरोहीको माछापुच्रे बैंङको खातामा जम्मा गरिएको छ । उक्त रकम स्वर्गीय आचार्यका दुई छोरीको नागरिक्ता बनेपछि मात्र झिक्न पाउने ब्यवस्था गरिएको छ । दुई छोरीलाई दुई लाख पचास हजारका दरले रकम उपलब्ध गराइएको छ ।

बिहीबार इलामको सूर्योदय नगरपालिकामा आयोजिक एक कार्यक्रममा ताप्लेजुङ घर भई बेल्जियममा बस्नुहुने लोकेन्द्र नेपालको अगुवाईमा संकलनगरी पठाइएको पाँच लाख रकम स्वर्गीय आचार्यका छोरी आराध्या र आरोहीलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्तान्तरण गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu