Connect with us
Kapilvast Forest

सडक निर्माणमा ढिलाइ

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

बाजुरा- बाजुराको सेरा आटीचौर सडक निर्माण कार्य करिब दुई वर्षसम्म ढिलाइ भएको पाइएको छ। सो सडक निर्माणको काम तत्कालै पूरा हुने सम्भावना पनि न्यून देखिएको छ। २०७९ साल चैत मसान्तसम्म काम पूरा गर्ने गरेर २०७७ असारमा जयदेवी एसएस निर्माण सेवा प्रालिले सेरा आटीचौरअन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माण कार्यको जिम्मा लिएको थियो।

ठेकेदार कम्पनीले समयमै काम पूरा नगरेपछि अहिले सो सडकमा आवागमन गर्न समस्या भएको बूढीगङ्गा नगरपालिका–२ का स्थानीय बहादुर थापाले बताए । सडक स्तरोन्नति नहुँदा बह्मतोला कुँडी डुग्री आटीचौर र डोगडीका स्थानीयले बर्खामा मात्र होइन हिउँदमा समेत सास्ती खेप्दै आउनुपरेको उहाँले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी एवं जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले कोरोनाका कारण सामान महँगी हुँदा सडक निर्माणको काममा ढिलाइ भएको बताउनुभयो। उहाँले २०७९ को चैतमा पूरा गर्ने गरेर २०७७ असारमा ठेक्का लिएको यो सडकको ७० प्रतिशतभन्दा बढी काम भइसकेको जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu