Connect with us
Kapilvast Forest

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

नेपालगञ्ज- नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रमुख बस्नेतले हिजो बिहीबार सम्म ५० जना बालबालिकालाई खोजेर खोप लगाइएको र अन्यलाई लगाउने कार्य चलिरहेको बताउनुभयो । सोही प्रकारले आंशिक खोप छुटेका ८० जना बालबालिकालाई पनि नियमित खोप केन्द्रमै गएर खोप सेवा दिएको बस्नेतले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर खोज र खोप अभियान सञ्चालन गरिएको महाशाखाका निमित्त प्रमुख बस्नेतले बताउनुभयो । नेपालगञ्जमा सबैभन्दा ठूलो जनसङ्ख्या भएको मधेशी र मुस्लिम समुदायमा बालबालिकालाई खोप लगाउने कार्य निकै कम भएको पाइएको पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu