Connect with us
Kapilvast Forest

मायादेवीमा वडाअध्यक्ष कप प्रतियोगिता सुरु

२०८०, १२ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु-वडाअध्यक्ष कप खेलकुद प्रतियोगत आज एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ । “राष्टको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद ” भन्ने नाराको साथ मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकमा मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादव र पालिका अध्यक्ष वलिउद्दीन मुसलमान सयुक्त रुपाम खेलकुद प्रतियोगत रिबन काटेर बैटिङ बलिङ गरेर उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मायदेवी गाउँपालिकाका पालिका अध्यक्ष वलिउद्दीन मुसलमानले खेल प्रतियोगित सभ्य र भव्य रुपाम सम्पन्न गर्नको लागि शुभकामना दिनु भएको थियो । खेल संचालन गर्न पुर्ण रुपाम सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो ।
वडाअध्यक्ष कप खेलकुद प्रतियोगतमा क्रिकेट , भलिबल कबड्डी ,दौड , लङजम्प ,हाईजम्प लगायत खेला खेलाईने वडा अध्यक्ष शैलेन्द्र कुमार यादव ले जनकारी दिनु भएको छ । ६ दिन सम्म संचालन हुने प्रतियोगितमा वडा भित्र का युवा युत्ती सहभाति रहने वडा अध्यक्ष यादवले जनकारी दिनु भएको छ । खेल प्रतियोगितमा प्रथम ,द्धितिय र त्रितिय लाई नगद ,कप÷मेडल प्रमाणपत्र प्रदान गर्ने उहाँले जनकारी दिनु भएको छ ।
उद्घाटन सत्रमा भएको क्रिकेट प्रतियोतिमा पि.सि.बी युवा कलब र बहरवासी बीच १२ ओभरको भएको थियो । टाँस जीतेर बैटिङ गरेको बहरवासीले १० ओभरमा सबै बिकेटको क्षतिमा ४९ रन बनाएको थियो । जबफि बैटिमा पि.सि.बी युवा कलब ५ ओभर मा ३ बिकेट गुमाएर जीत हासील गरेको थियो । प्रतियोगितमा मैन अफ द मैच प्रम्हानन्द दुबे भएका थिए ।
कार्यक्रम वडा अध्यक्ष शैलेन्द्र कुमार यादव को अध्यक्षता र मायादेवी गाउँपालिकाका पालिका अध्यक्ष वलिउद्दीन मुसलमानको प्रमुख अतिथतामा भएको थियो । पालिका उपाध्यक्ष सरस्वाती यादवको विशिष्ट अतिथता र अतिथिहरुमा मायादेवी गाउँपालिका का प्रमुख प्रसासकीय अधकृत ,सल्लहकार सर्फुद्दिन मुसलमान लगायत रहनु भएको थियो । कार्यक्रममा धनकला न्यौपाने स्वागत मन्तव्य र बिशराम यादवको संचालन भएको थियो । खेल प्रतियोगित मायादेवी गाउँपालिका कार्यालय पकडीको अर्थिक सहयोग र वडा नम्बर ३ फुलिक वडा कार्यालयको अर्थिक सहयोग र अयोजनमा सचालन भएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले जनकारी दिनु भएको छ ।
भोलि छोटकी खैराटी र फुलिकाको बीचमा क्रिकेट बरगदवा खेल मैदानमा १०बजे हुनेछ भने भलिबल लगायतको खेल पनि संचालन हुने अयोजकले जनकारी दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu