Connect with us
Kapilvast Forest

कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन भदौंमा हुने

२०८०, २० असार बुधबारमा प्रकाशित

दाङ-नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ | नेपाली कांग्रेस लुम्बिनी लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठकले सम्मेलन लागि तयारी प्रारम्भ गर्ने निर्णय गरेको हो |

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताउनु भयो |

कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरुप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीविच समन्वयका साथ् अगाडी बढ्ने पनि कांग्रेस लुम्बिनीले बताएको छ | कांग्रेस लुम्बिनीले भात्री तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समिततिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ |

प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समयासमयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिदै ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ |

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu