Connect with us
Kapilvast Forest

एमालेको संसद अवरोधले राष्ट्रिय सभा स्थगित

२०८०, २५ असार सोमबारमा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ ।

संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोली मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेको हो ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेर विपक्षी एमालेले निरन्तर संसद अवरोध गदैं आईरहेको बेला आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको हो । आइतबार संसदको गतिरोध हटाउन तीन प्रमुख दलका शीर्ष नेताकाबीचमा भएको छलफलमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेर आफनो धारणाबारे आत्मआदोचित हुने, एमालेले जारी संसदको अवरोध हटाउने समझदारी बनेको थियो ।

तर फेरि एमालेले असार २१ गते प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जारी गरेको वक्तब्यमा उल्लेखित भाषामा आपत्ति जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने या हटाउनु पर्ने माग गरेर नयाँ शर्त अगाडी सारेपछि गत्यावरोध हट्न सकेको छैन । सोहीकारण फेरि शीर्ष नेताहरुको छलफल आवश्यकता महसुस गदैं राष्ट्रिय सभाको अहिले बोलाइएको बैठक भोलिसम्मलाई सारिएको हो ।

राष्ट्रिय सभा भोलिसम्म सारिएपनि प्रतिनिधिसभा आजका लागि दिउँसो ३ बजे बोलाइएको छ । प्रतिनिधिसभा आइतबार बस्दै नबसी सूचना टाँस गरेर आज दिउँसो ३ बजेसम्मलाई सारिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu