Connect with us
Kapilvast Forest

फिफा महिला विश्वकप फुटबल अन्तर्गत चार खेल हुँदै

२०८०, १७ श्रावण बुधबारमा प्रकाशित

एजेन्सी – फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार वटा खेल हुँदैछन् ।

आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुनेछन् ।

यस्तै दिउँसो पौने चार बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्।

हिजो भएको खेलबाट इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगेका छन् ।

इंग्ल्याण्डले चीनलाई, डेनमार्कले हैटीलाई र नेदरल्याण्ड्सले भियतनामलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।

अमेरिकाले पोर्चुगलसँग बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् ।

आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ वटा देश नकआउट चरणमा पुग्नेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu