Connect with us
Kapilvast Forest

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

२०८०, २३ आश्विन मंगलवारमा प्रकाशित

बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

संघको २५औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै उनको प्यानलसहित निर्वाचित भएको हो ।

९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरेवाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । १७७८ मतदाता रहेकोमा १५०६ मत खसेको थियो ।

अर्याल संघका उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसँग अध्यक्षमा पराजित भएका थिए ।

अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए ।

यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापन इतरको समर्थन रहेको थियो ।

अर्यालले नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी लगायतका दलनिकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए ।
अर्याल प्यानलबाट उद्योग उपाध्यक्षमा एमालेनिकट सुरज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले नवीनप्रसाद श्रेष्ठलाई पराजित गरे । महासचिव पदमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

उनले बाबुराम बिकलाई पराजित गरे । कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल निर्वाचित भए । उनले प्रकाशकुमार श्रेष्ठलाई पराजित गरे । सचिव पदमा प्रतिक पोखरेल निर्वाचित भए । उनले भेषराज गैरेलाई पराजित गरे । सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएकी छन् । उनले जाकिर हुसेनलाई पराजित गरिन् ।

सदस्यहरूमा उद्योगतर्फ दिपकप्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यहरूमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu