Connect with us
Kapilvast Forest

कसैले भन्दैमा अब राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

२०८०, ११ मंसिर सोमबारमा प्रकाशित

नवलपुर। नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ ।

“गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनु पर्छ ।”

त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देशमा भइरहेको राजनीतिक तरलतालाई समाधान गर्न नेपाली काङ्ग्रेस लाग्नुपर्ने बताउनुभयो । आफु सत्तामा हुँदा वा नहुँदा देश विकास गर्न सधै अगाडि बढ्नुपर्नै उहाँको भनाइ छ । उहाँले गण्डकी प्रदेशको विकासका लागि त्रिवेणी नाका खुलाइ आर्थिक गतिविधिमा चलायमान गराउने बताउनुुभयो । दुम्कीबासदेखि त्रिवणी नाकासम्म जाने बाटो आफ्नो कार्यकालमा खोल्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu