Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सव अवसरमा बित्तिय साक्षरता

२०८०, १० माघ बुधबारमा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक ठाडा शाखाले आफ्नो ५९ औं वार्षिकोत्सव अबसरमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न? गरेको छ । राष्ट्रिय वाणिज्य बैंक ठाडा शाखाका प्रमुख धुव्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनलाइन बैकिङ र पछिल्लो समयमा बिभिन्न माध्यमबाट हुने बैंकिङ ठगिको बारेमा सचेत रहने बिभिन्न तरिकाको बारेमा शाखा प्रमुख पाण्डेले सहजिकरण गर्नु भएको थियो ।

यस्तै ठाडा शमखाले यस क्षेत्रमै पहिलो पटक एटिएम मेसिन सञ्चालन गर्ने भएको छ । ठाडा शाखामा एटिएम मेसिन जडानको काम अन्तिम चरणमा रहेको छ । अबको केही दिनमै शितगंगामै पहिलो पटक सो सेवा सुरु गर्न लागिएको हो । शितगंगा नगरपालिका वडा न ३ र ४ का वडा अध्यक्ष चिन्तराज अधिकारी र दामोदर अधिकारीले ५९औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएकोमा धन्यबाद व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिक उत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक ठाडा शाखाले शितगंगा नगरपालिका भित्रका विद्यार्थी, कर्मचारी, मजदूर, कृषक तथा स्थानिय बीच वित्तीय साक्षरता कार्यक्रम गरेको छ । राष्ट्रिय वाणिज्य बैंक ठाडा शाखाका म्यानेजर धुव्रराज पाण्डेले डिजिटल बैंकिङ, क्यूआर, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी जानकारी दिनुभएको थियो । साथै बार्षिक उत्सवको अबसरमा उत्कृष्ट कारोबार गर्ने शितगंगा ३ निवासी चिन्ताराज अधिकारी र वडा नम्बर ४ निवासी तिलक अधिकारी लाई सम्मान समेत गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu