Connect with us
Kapilvast Forest

सेनाको क्याप्टेन हुँ भन्दै ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ

२०८०, २१ चैत्र बुधबारमा प्रकाशित

pakrau

नेपाली सेनाको मेजर भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । दोलखाको चरिकोट नगरपालिका–४ का २८ वर्षीय बालकुष्ण श्रेष्ठले कतै सेनाको मेजर र कतै सेनाको क्याप्टेन हुँ भन्दै मानिसहरुलाई सेनामा भर्ती गराइदिने र अमेरिका पठाइदिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

श्रेष्ठले एक महिलाहरुलाई आफू डिभी परेर अमेरिका जान लागेकाले विवाह गरेर अमेरिका लैजाने प्रलोभन गरेर ठगी गरेको प्रहरीको भनाइ छ ।

नेपाली सेनाको छाउनीस्थित अस्पतालमा बिरामी कुरुवा एक महिलालाई श्रेष्ठले आफू सेनाको क्याप्टेनको जागिर छाडेर अमेरिका जान लागेको भन्दै विवाह गरेर लैजाने प्रलोभन देखाएका थिए । ती युवतीसँग पटक पटक गरेर २ लाख ३० हजार रुपैयाँ लिएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले जनकारी दिए ।

पछि फेरि जग्गा किन्नुप¥यो भन्दै थप रकम माग्न थालेपछि श्रेष्ठको बारेमा बुझ्दा उनी सेनाको क्याप्टेन नभएको खुलेपछि महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

श्रेष्ठले अर्की एक युवतीलाई आफू सेनाको क्याप्टेन रहेको भन्दै सेनामा भर्ना गराइदिने आश्वासन दिएर रकम ठगी गरेको अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठले कमाण्डो नेपाली नामको फेसबुक बनाएर युवतीसँग म्यासेन्जरमा कुराकानी गरेका थिए ।

श्रेष्ठसँग कुराकानी गर्ने क्रममा युवतीले आफ्नो भाइ सेनाको सिपाही पदमा भर्ना हुनका लागि आवेदन दिएको बताएकी थिइन् । त्यसपछि श्रेष्ठले सेनामा भर्ना गरिदिने तर त्यसका लागि रकम चाहिने भन्दै माग गरेका थिए ।

श्रेष्ठले ती युवतीसँग बैंक खातामा १ लाख ३० हजार र नगद नै १० हजार रुपैयाँ लिएका थिए । त्यतिले पनि नपुग्ने भन्दै उनले थप रकम पनि माग गरेका थिए । रकम नभएपछि एक तोलाको सुनको सिक्री समेत श्रेष्ठले लगेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । सुनको सिक्री र नगद गरेर २ लाख ६० हजार रुपैयाँ लिएपछि श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।

दोलखाकी अर्की युवतीलाई पनि श्रेष्ठले यस्तै शैली अपनाएर ठगी गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । कमाण्डो नेपाली नामको फेसबुक आइडीबाट कुराकानी गर्दा उनले आफू सेनाको मेजर रहेको परिचय दिएका थिए । ती युवतीलाई नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै उनले पटक पटक गरेर १ लाख ७० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

दोलखाकी युवतीलाई श्रेष्ठले आफू नेपाली सेनाको दोलखाको तारा गणको मेजर भएको बताउँदै प्रलोभनमा पारेर ठगी गरेको खुलेको छ । ती युवतीको भाइलाई सेनाबाट भागेका भगौडा खाली भएको ठाउँमा सोझै भर्ना गराइदिन्छु भन्दै १ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि पनि ५० हजार रुपैयाँ बैंक खतामा राख्न लगाएका श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।

श्रेष्ठले सेनामा भर्ना गराइदिने भन्दै एक युवकसँग १ लाख ५० हजार रुपैयाँ लिएका थिए । उनीविरुद्ध प्रहरीमा ५ जनाले जाहेरी दिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu