Connect with us
Kapilvast Forest

निः शुल्क आखा शिबिरमा साढे ५ सय बिरामीको जाच

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तु नगरपालिकाको दुई छुट्टा छुट्टै वडामा २ दिन निःशुल्क आखा शिबिर संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक र तौलिहवामा आखा अस्पतालका प्राबिधक सहयोगमा सामाजिक परिषद नेपालले सो शिबिर संपन्न गरेको हो ।

नगरपालिकाको वडा नम्बर १२ बिठुवामा ३ सय ३५ जनाले आखा जाच गराएका थिए । जसमा ७५ जना मोतिया बिन्दुका बिरामी फेला परेको कार्यक्रम संयोजक प्रशान्त कार्कीले बताए । यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को जमुहरामा भएको शिबिरमा २ सय जनाले जाच गराएका थिए । जसमा ३६ जना मोतिया बिन्दु रोगी फेला परेका थिए । फेला परेका मोतियाबिन्दुका बिरामीको सेवा फाउन्डेशको सहयोगमा आखाको अप्रेशन गरिने कार्कीले बताए । मेयर किरण सिंहले नगरपालिकाले स्वास्थ्य क्षेत्रकालागि बिगत बर्षहरु देखि नै बजेट बिनियोजन गरेको बताए । उनले स्वास्थ्य क्षेत्रलाइ नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu