एकता नगरे राजपाको अन्त्य निश्चित : उपेन्द्र यादव
राजविराज, असोज २४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गराउनु सरकारको जिम्मेवारी रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको विषयलाई सरकारले गम्भीरताका साथ नलिए आफूहरु संघर्षको बाटोमा लाग्न बाध्य हुने चेतावनी दिए ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पार्टीसँग एकता गर्नुको विकल्प नरहेको दाबी गरे ।
अबको राजनीतिक विकल्पकारुपमा समाजवादी पार्टीमात्रै रहेको भन्दै उनले पार्टी एकता नगरे राजपाको पनि अन्त्य निश्चित रहेको बताए ।