चुनावी माहोल बनाउन महरा दाङमा
नेकपा- माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै दाङ क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका छन् । आफ्नो चुनावी क्षेत्र अवलोकन गर्न गत साउन १९ गते महरा दाङ आएका थिए ।
दाङ आएपछि महरा आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् ।अहिले महरा सर आफ्ना मतदातालाई भेटेर छलफल गर्ने सुख दुःख साटासाट गर्नेगरी रहनुभएको हो ।
बिरामी परेका मतदाता र मृतकका परिवारलाई भेटेर सान्त्वना दिई रहनुभएको छ महराको सचिवालयका एक सदस्यले भने खास महरा सर मंसिर ४ गते चुनाव हुने भएपछि चुनावी माहोल मसिनो गरी बुझ्न दाङ आउनु भएको हो ।
यौन दुराचारको आरोप लागेपछि महरा निक्कै कमजोर भएका छन् । यौन दुराचारको आरोपमा सफाइ पाएपनि राजनीतिक रुपमा उठ्न सकेका छैनन् । त्यसैले महरा दाङको चुनावी क्षेत्रबाट निर्वाचित हुनेगरी माहोल बनाउन आफ्नो क्षेत्र आइपुगेका हुन् ।
महरा आगामी मंगलबार काठमाडौं फर्किए पनि केहीदिन काठमाडौ बसेर पुनः दाङ फर्किने योजना बनाएका छन् । महराले अहिलेसम्म आगामी चुनाव लड्ने योजना बनाएका छन् । महरासँग एमाले महासचिव शंकर पोखरेल चुनाव लड्ने भएपछि उनलाई थप चुनौती भईरहेको थियो ।