निर्वाचनमा होमिए उद्योगी व्यवसायी , प्रतिपर्धा तिब्र
काठमाडौ— नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदैछ ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशतभन्दा कम्तीमा १ मत बढी ल्याउनुपर्ने बिधानमा उल्लेख छ । अहिले तीन जना वरिष्ठ उपाध्यक्षपदका उम्मेद्वारहरु बिच प्रतिपर्धा हुनेभएकोले वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा जाने देखिएको छ ।
तीन जनामध्ये बढी मत ल्याउने दुईबीच प्रतिस्पर्धा गराइनेछ । तेस्रो नम्बरमा मत ल्याउनेको नाम भने उक्त प्रतिस्पर्धाबाट बाहिरिने छन ।
महासंघको निर्वाचनमा ६४ पदका लागि ११८ जनाको उम्मेदवारी परेको थियो । यसमध्ये चार जना निर्विरोध भएका छन् ।
लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ, सुदूरपश्चिम प्रदेश प्रदेश सदस्यमा जंगबहादुर मल्ल, संस्थापन सदस्यमा भीष्मप्रसाद न्यौपाने र द्विराष्ट्रिय सदस्यका लागि नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनील केसीको निर्विरोध भइसक्नु भएको छ । अब ६० पदका लागि ११२ जनाले प्रतिस्पर्धा भइरहेको छ ।
जिल्लारनगर उद्योग वाणिज्य संघतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १६५३ जना मतदाता छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल आगामी वार्षिक साधारणसभाबाट तीन वर्षका लागि अध्यक्ष बन्दै हुनुहुन्छ ।