बुद्धभूमीका नगर प्रमुख श्रेष्ठ कम्मल वितरण गर्न निस्कीए
कपिलवस्तु पुष १५।
कपिलवस्तुमा अत्याधिक जाडो भएपछि विभिन्न स्थानिय तहहरुले जनताहरुलाई कम्मल , सिरक तथा दाउरा वितरण गर्न लागेका छन् ।
तर बुद्धभुमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठल आफै प्रत्यक वडाका वस्तीमा पुगेर सिरक वितरण गरेको छन । नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रत्यक वडाका वस्तीहरुमा नै पुगेर गरिव , असाय, विपन्न तथा बुद्धहरुलाई सिरक वितरण गरेका छन् । बुद्धभुमि नगरपालिका वडा नं १० धनकौलि र वडा नं ६ महुवा मा अफै पुगेर गरिव , असाय, विपन्न तथा बुद्धहरुलाई सिरक वितरण गरेक हुन ।
नगरपालिका क्षेत्र भित्र प्रत्यक वडाहरुवाट असाय तथा अति विपन्न समुदायका घरघुरीलाई छनौट गरि सिरक वितरण गरिएको प्रमुख श्रेष्ठले बताए । नगरले जाडो विपत व्यवस्थपन बाट चार लाख रकम विनियोजन गरी २ सय ९५ वटा सिरक खरिद गरि वितरण गरिएको समेत श्रेष्ठले बताए ।
वडा नं १० धनकौलिमा ३५ जनालाई सिरक वितरण गरिएको वडा अध्यक्ष त्रिकोकी खरविन्दले बताए ।
साथै त्रिलोकीले वडामा अति गरिवहरुको लागी मापदण्ड वनाएर अन्यलाई पनि सहयोग गर्ने कार्यक्रम तय गरिएको समेत बताउनुभएको छ ।
त्यस्तै वडा नं ६ महुवामा पनि २३ थान सिरक वितरण कार्य सम्पन्न गरिएको छ । भार्माण बर्ष २०२० उदघाटन हुने भएको ले त्यसमा सहभागि हुनु पन कार्य व्यस्तत रहेएकोले छुटेका वडाहरुमा छिटै सिरक वितरण गर्ने उहले भन्नु भयो ।
विभिन्न सामुदायिक वन तथा डिभिजन वन कार्यालय संग सहकार्य गरी चिसोवाट राहत दिलाउनको लागी चौक चौकमा दाउरा समेत वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।
चिसोको समयमा सिरक पाएपछि बुद्धभूमी १० देउपुरक बृद्ध केदर केवटले चिसोमा न्यानो सिरकले आफुलाई सहज हुने बताउनुको सथ नै धनयवाद पनि दिएका छन