Connect with us
Kapilvast Forest

दुई लागूऔषध कारोबारीसहित ३ पक्राउ

२०७६, १८ असार बुधबारमा प्रकाशित

रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विभिन्न आपराधीक क्रियाकलाप गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार चन्द्रपुर ८ स्थित धुर्मुस सुन्तली फाउण्डेशन जाने भित्री बाटोमा रोकिएको ना २ ह ५३०६ नम्बरको अटोमा लुकाई छिपाई राखिएको अवस्थामा ५ किलो गाँजा सहित गौर नगरपालिका ४ गढवा बस्ने बर्ष २२ को राकेश कुमार कुशवाहालाई पक्राउ गरेको छ । पक्राउ परेका राकेशले दिएको बयान अनुसार जंगल लुकाएर राखेको अवस्थामा थप १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी ज्ञान कुमार महतोले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

पक्राउ परेका राकेश पेसेवर गाँजा तस्कर रहेको र चन्द्रपुर १ को बागमतीबाट गाँजा किनेर गौर हुदै भारतमा तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी महतोले बताउनुभयो । यता, चन्द्रपुर नगरपालिका ४ स्थित चपुर चोकबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

१ सय पत्ता(३ हजार पिस) नाईट्रोभेट ट्याबलेट सहित प्रहरीले वृन्दावन नगरपालिका ६ बस्ने वर्ष १९ को शैख अतिकु रहमानलाई ना ४१ प ८४७८ नम्बरको मोटरसाइकलमा गौरबाट चपुर आँउदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा शरीरको पिठ्युमा लुकाएको अवस्थामा लागुऔषध नाईट्रोभेट सहित पक्राउ गरेको डिएसपी महतोले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका रहमान लागुऔषध कारोबारी र दुव्र्यसनी समेत भएको महतोले बताउनुभयो ।

रहमान सुधार केन्द्रमा समेत ३ महिना बसिसकेको र यस अघि पनि ५८ दिन थुनामा परिसकेका पेशेवर लागुऔषध कारोवारी भएको डिएसपी महतोले बताए । यस्तै, प्रहरीले जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित कछडिया टोलबाट साइकलमा ७ फिटको २ थान सालको गोलिया सहित सोही स्थानमा बस्ने भरोसी कुँवरलाई पक्राउ गरी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा बुझाएको जानकारी दिएको छ ।

त्यस्तै प्रहरीले मंगलबार नक्कली मह बनाउन प्रयोग गरिने १ सय लिटर कच्चा पदार्थ बरामद गरेको छ । नक्कली मह बनाउन प्रयोग हुने कच्चा पदार्थ १ सय लिटर,दुई थान बाल्टिन महको चाका र ८ केजी चिनी बरामद गरेको जानकारी दिएको छ । चन्द्रपुर नगरपालिका १ स्थित क्यान्टिन बजारमा जनप्रतिनिधि, बुद्धिजिवि, प्रहरी र स्थानीयले सरसफाई गर्ने क्रममा नक्कली मह बनाउने कच्चा पदार्थ फेला परेको भएपनि नक्कली मह बनाउने गिरोहको पहिचान हुन नसकेको र खोजतलास जारी रहेको डिएसपी महतोले जानकारी दिए ।

त्यस्तै प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा बरामद भएको अबैध घरेलु मदिरा पत्रकार, बुद्धिजिविको उपस्थितीमा खाडल खनेर नष्ट गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu